काभ्रेको रोशिमा सुनको मुन्द्रा र पैसाको लोभमा आमाको हत्या

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २०, मंगलबार (१ महिना अघि)
  • ६६६ पटक पढिएको

काभ्रेको रोशिमा सुनको मुन्द्रा र पैसाको लोभमा आमाको हत्या

आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ६९ बर्षीय आमा माइली लामाको हत्या अभियोगमा रोशी गाउँपालिका वडा नम्बर ३ का २८ बर्षीय फुर्साङ लामालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
काठमाडौंमा रात्रीकालिन व्यवसायमा संलग्न रहेका फुर्साङ तिहारको लागि भन्दै १२ गते घर आएको र कात्तिक १६ गते सुन र नगदका लागि ६९ वर्षीया आमा माइली लामाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिइन् ।

आमाले लगाएको सुन र पैसा लिनका लागि लोहोरो र झ्याल,ढोकामा लगाएको आग्लोले हानेर हत्या गरेको बयान दिएको प्रमुख खड्काले बताइन् ।
कात्तिक १८ गते पक्राउ परेका फुर्साङले खाना खाएर सुतेकी आमालाई लोहोरोले दुई पटक त्यसपछि झ्यालको आग्लोले हानेको र झ्यालको आग्लो भाँचिएपछि ढोकाको आग्लोले हानेर हत्या गरेको बयानका क्रममा बताएको प्रहरीले जनाएको छ ।
आमाको हत्या गरेर फरार रहेका फुर्साङको साथबाट प्रहरीले नगद नौ हजार नौ सय रुपैँया र २०६९ सालमा किनेको आमाको कानमा लगाएको रिङको बिल समेत फेला पारेको छ । फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपियाँ समेत फेला पारेको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धान गर्न प्रहरीले केनाईन महाशाखाबाट ‘टाइगर’ मगाएको थियो । प्रहरी दिवसमा उत्कृष्ट भन्दै पुरस्कृत प्रहरी निरिक्षक कृष्ण गिरी र कुकुर ‘टाइगर’सहितको प्रहरी टोलीले अनुसन्धान गरी फुर्साङलाई पक्राउ गरेको हो ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस