रोशि गाउँपालिकाले पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै चालू आर्थिक वर्षको बजेट संशोधन प्रस्ताव पारित

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १, शनिबार (३ हप्ता अघि)
  • ९० पटक पढिएको

रोशि गाउँपालिकाले पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै चालू आर्थिक वर्षको बजेट संशोधन प्रस्ताव पारित

असोज महिनाको विपदबाट अति प्रभावित काभ्रेको रोशी गाउँपालिकाले शुक्रवार गाउँ सभाको विशेष अधिवेशन बोलाएर पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै चालू आर्थिक वर्षको बजेट संशोधन प्रस्ताव पारित गरेको छ । रोशी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ को बजेटलाई संशोधन गरेको छ । चालु आर्थिक वर्षमा ६९ करोड २० लाख ९८ हजार रुपैयाँ विनियोजित भएको बजेटलाई संशोधन गरेर गाउँ सभाको विशेष अधिवेशनले ६५ करोड ७७ लाख ९८ हजार कायम गरेको हो ।
चालू आर्थिक वर्षको बजेट संशोधनका लागि गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबाले गाउँ सभाको विशेष अधिवेशनमा पेश गरेसँगै संशोधित बजेटमा छलफल भएको थियो । यससँगै चालू आर्थिक वर्ष २०८१–०८२ को बजेट संशोधन भएको छ ।
गत असोजमा आएको बाढी र पहिरोका कारण राजस्व संकलन हुने क्षेत्र लगायतका धेरै संरचनामा क्षती भएपछी क्षती भएका योजनाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने भएकाले गाउँ सभाको विशेष अधिवेशनले चालु आर्थिक वर्षको बजेटको आकार ६५ करोड ७७ लाख ९८ हजारमा झारेको हो ।
शुक्रबार गाउँ सभाको विशेष अधिवेशनमा उपाध्यक्ष मिम बहादुर वाईबाले चालु खर्च,पुँजिगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा ६५ करोड ७७ लाख ९८ हजारमा झारेको बताएका छन् । गाउँ सभाको विशेष अधिवेशनबाट तीन करोड ४३ लाख रुपैयाँ बजेट संशोधन गरिएको छ ।

गत असोजमा आएको बाढीपहिरोका कारण रोशी गाउँपालिकामा मात्र १२ जनाको मृत्यु भएको थियो । ५ सय ४ घरधुरीहरु पूर्णरुपमा नस्ट भएको र ९ सय ११ घरधुरीहरु उच्च जोखीम तथा आशिंक क्षती भएको प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तनाले जानकारी दिए । उनले २५ सय ४४ घरधुरीको खेतीबारी बगाउनुका साथै पालिकाका विभिन्न गौरभका योजनाहरु पूर्ण रुपमा क्षती भएको वताए ।
रोशी गाउँपालिकाले बाढीपहिरोबाट अर्बौंको क्षति व्यहोर्नु परेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले वताए । उनले बाढीले रोशी–१ फलामे साँघुमा निर्माणाधीन १० शय्याको अस्पताल, औद्योगिक ग्राम, वडा नम्बर ११ कालढुंगास्थित बिपी राजमार्गको छेवैमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालय पुर्ण रुपमा क्षती भएको वताए। उनले पालिकामा निर्माण भएका ३ वटै खेल मैदानमा क्षती पुगेकाले यसले खेल क्षेत्रलाई समेत असर गरेको वताए ।

अध्यक्ष लामाले पहिलो चरणको उद्धार र दोस्रो चरणको राहत वितरणको कार्यक्रम सकिएकाले अव विभिन्न निकायसँग मिलेर पुर्नस्थापनाको काम बाँकी रहेको वताए । उनले अस्थायी आवासको लागि विभिन्न वडाहरुमा संघ संस्थाहरुले समेत कामहरु गरिरहेको जानकारी दिए ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस