पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष १३, शनिबार (१० महिना अघि)
  • २७३ पटक पढिएको

पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पीएल सिंहले छाडेर गएका कामहरुलाई हामीले निरन्तरता दिनुपर्ने बताएका छन्।

शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय सिंहको १३औं पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सिंहको खुलेर प्रशंसा गरे।

‘पीएल सिंहलाई कहिले नथाक्ने अत्यन्तै क्रियाशील, सक्रिय व्यक्तित्वको रुपमा मैले लिएको छु। उहाँ सम्पूर्ण काठमाडौंबासीको पनि सेवा गर्नुभयो, अथवा उहाँ अत्यन्तै मेहेनती, लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यस्तो व्यक्तिलाई हामीले गुमाएका छौं, तर उहाँले छोडेर गएका कामहरुलाई हामीले निरन्तरता दिनुपर्छ।’

सो अवसरमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा आर्थिक विकास गर्न र कार्यक्रमहरु ल्याउन सिंहको ठूलो भूमिका खेल्नुभएको बताए।

श्रद्धान्जली सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि पीएल सिंह जीवनभर जनताको अधिकारको लागि संर्घषरत रहेको बताएका छन्।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस