चीनमा भूकम्पमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, दर्जनौं घाइते

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • २८२ पटक पढिएको

चीनमा भूकम्पमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, दर्जनौं घाइते

चीनको स्वायत्त तिब्बत क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ।

मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पका कारण दर्जनौं मानिस घाइते भएको बताइएको छ।

भूकम्पको केन्द्रविन्दु दिङ्गे काउन्टीमा धेरै घरहरू भत्किएका छन् र भग्नावशेषमा उद्धार कार्य जारी छ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारका लागि करिब १,५०० अग्नि तथा उद्धारकर्मी खटाइएको जनाएको छ।

भूकम्पपछि ४.४ म्याग्निच्युडसम्मका परकम्पनहरू भएका छन्। यसका धक्का नेपालको काठमाडौंसहित पूर्वी क्षेत्र, भुटान, र भारतको उत्तरी क्षेत्रमा समेत महसुस गरिएको थियो।

नेपालको सोलुखुम्बुको खुम्बु क्षेत्रमा शक्तिशाली धक्का महसुर भएको बताएको छ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस