१७ जनाले दिए काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न आवेदन

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ पौष २८, आईतबार (६ महिना अघि)
  • ३५५ पटक पढिएको

१७ जनाले दिए काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न आवेदन

काभ्रे । धुलिखेलमा रहेका काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्नका लागि १७ जनाले आवेदन दिएका छन्।

गत १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गरिएको थियो, जसमा १७ जनाले आवेदन दिएका हुन्।

आवेदन दिएका १७ जना मध्येबाट पूर्वउपकुलपति सुरेशराज शर्माको नेतृत्वमा गठन भएको उपकुलपति छनोट समितिले १० जनाको सर्ट लिस्ट निकालेर अन्तर्वार्ता लिनेछन्। अन्तर्वार्तापछि समितिले ३ जनाको नाम सिफारिस गर्नेछ।

उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राखेर चिकित्सकहरुले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। तर, आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उपकुलपति छनोट प्रक्रिया अगाडि बढेको छ।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि चिकित्सकहरुले उपकुलपतिका लागि आवेदन दिन नपाउने भएका छन्।

६ माघदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस