प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्न आवश्यक : सभापति देउवा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन ७, बुधबार (४ महिना अघि)
  • २७५ पटक पढिएको

प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्न आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले धेरै साथीहरुको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन्।

बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यो व्यवस्था ल्याउन लडेकाहरुको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, ‘धेरै साथीहरुको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ । यो व्यवस्था ल्याउन लडेकाहरुको भावनाहरुलाई अझ अगाडि बढाउनु छ । यसको लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु।’

यसको साथै, उनले वर्तमान संविधान सम्पूर्ण नेपालीहरु अटाउने खालको भएको भन्दै यसमा केही कमि कमजोरी भए भोलीका दिनमा सुधार गर्दै जाने बताए।

उनले भने, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ । नेपाल जुन नयाँ संविधान बनेको छ । यसमा सम्पूर्ण नेपालीहरु अटाउने खालको छ । यसमा केही कमि कमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै जानु पर्छ । त्यसैले यो हाम्रो संविधान लचिलो र संशोधन हुन सक्ने संविधान हो।’

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस