जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन् : रेशम चौधरी

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ९, शनिबार (१ महिना अघि)
  • १३८ पटक पढिएको

जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन् : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरु, कमैयाका मुक्तिहरु र वर्गीय संघर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन्।

शनिबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदियौंदेखि आगनमा टेक्न नदिइने, एउटा मान्छेलाई देवता छुन नदिइने, पँधेरोको पानी निकालेर पिउन नदिइने भएकैले वर्गीय संघर्षको आवाज उठाएको बताए।

‘जनताले छल चाहेका छैनन, जनताले हातेमालो चाहेका छन्। ति जनताले कप्टी नेता खोजेका छैनन्, ति जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्,’ उनले भने, ‘म न त संरक्षक चाहन्छु, न त अध्यक्ष नै । म यतिमात्रै चाहन्छु कि दबिएका आवाजहरु, कमैया मुक्ति चाहन्छु।’

उनले देशको संविधानले अधिकार प्राप्तिका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुन नहुने बताए। उनले चुनावमा जिते नजिते पनि आफ्नो प्रतिवद्धता थारु समुदायसँग रहेको बताए।

‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिवद्धता थारु समुदायसँग छ। यात्रामा साथी गुमाउन चाहँदैनौं । यात्रामा हातेमालो गर्न चाहन्छौं,’ उनले भने, ‘संविधानमा प्रत्येकको अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक–फरक हुनुहुँदैन।’

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस