काठमाडौं आइपुगे शिखर धवन

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ मंसिर १४, शुक्रबार (१ हप्ता अघि)
  • ५७ पटक पढिएको

काठमाडौं आइपुगे शिखर धवन

नेपाल प्रिमियर लिग खेल्न भारतीय स्टार क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्। एनपिएलको पहिलो संस्करण खेल्न धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन्।

एक सयम अन्तर्राष्ट्रियमा छाएका धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने छन्। उनले एनपिएलका सुरुआती ४ खेल खेल्ने गरी कर्णाली याक्ससँग सम्झौता गरेका छन्।

धवन नेपालमा व्यवसायिक क्रिकेट खेल्न आउने अहिलेसम्मकै ठूला स्टार हुन्।

धवनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल, गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्ललगायत स्वागत गरेका थिए।

गत अगस्तमा मात्र क्रिकेन्टबाट सन्न्यासको घोषणा गरेका उनले भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टि–२० खेल खेलेका छन्। उनले टेस्टमा ७ शतक र ५ अर्धशतकसहित २३१५ रन बनाएका छन् भने एकदिवसीयमा १७ शतक र ३९ अर्धशतक मद्दतमा ६७९३ रन बनाएका छन्।

यस्तै, टि–२० अन्तर्राष्ट्रिमा ११ अर्धशतकमद्दतमा १७५९ रन बनाएका छन्। टि–२०मा उनले ३३४ खेल खेल्दै १० हजार हाराहारीमा रन बनाएका छन्।

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन्। कर्णालीले शिखरसँगै वेस्टइन्डिजका चाडविक वाल्टन, हङकङका बाबर हायत, ओमानका पूर्वकप्तान जिसन मक्सुद र पाकिस्तानका हसन तलतलाई अनुबन्धन गरेको छ।

कर्णालीमा गुल्सन झा, देव खनाल, मौसम ढकाल, रित गौतम, भुवन कार्की, अर्जुन घर्तीलगायत नेपाली खेलाडी छन्।

कर्णाली याक्सले मंसिर २ गते जनकपुर बोल्ट्सँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस