काभ्रे । काभ्रेको विभिन्न स्थानमा हतियार देखाई श्रृङखलाबद्ध रुपमा लुटपाट गर्ने चार जना पक्राउ परेका छन्।
प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका बिरबहादुर तामाङ, बुद्धीमान तामाङ, ओखलढुंगा खिजितेम्बाका महेश कुमार खड्का र उदयपुर कटारीका राजु कुमार दनुवारलाई पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी० समेतको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका डिएसपी मिनबहादुर घलेले बताए। उनीहरु कम्तीमा पाँच वटा डकैती तथा लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
गत ११ भदौमा पनौती नगरपालिका– ५ चौकोटस्थित गोपाल श्रेष्ठको नेवा ग्रिल हिल खाजा घरबाट खुकुरी देखाएर ४० हजार लुटेका थिए।
सोही दिन धुलिखेल– ९ रामकोटमा दिपक कुमार तामाङको सुन र नगद गरेर ६५ हजार लुटेको प्रहरीले जनाएको छ। त्यस्तै, ४ माघमा बनेपा– ३ टनचोक मानेडाँडामा लोप्साङ तामाङले सञ्चालन गरेको लामा होमस्टेबाट तीन लाख २० हजार रुपैयाँ बराबरको लुटपाट गरेका थिए। खुकुरी र बञ्चरो देखाएर उनीहरुले लुटपाट गरेका हुन्।
१३ माघमा बनेपा–४ रेडक्रस टोलमा सुकान्त बम्जनको घरमा प्रवेश गरी २० हजार बराबरको डकैती गरेका थिए। पछिल्लोपटक गत ५ फागुनमा धुलिखेल–७ मा लासाङ गोलेले सञ्चालन गरेको आमा कृषि पशुपंक्षी बंगुर फार्ममा नक्कली पेस्तोल र खुकुरी देखाई सुनका गहना र मोबाइल लुटेका हुन्।
पक्राउ परेका उपर अदालबाट २५ दिन थुनामा राख्न म्याद लिइएको जिप्रका, काभ्रेपलाञ्चोकले जनाएको छ।