धरौटीमा छाड्न आदेश लगत्तै प्रसाई पुनः पक्राउ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २७, बिहिबार (७ महिना अघि)
  • १७० पटक पढिएको

धरौटीमा छाड्न आदेश लगत्तै प्रसाई पुनः पक्राउ

काठमाडौँ जिल्ला अदालतले साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले विहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

धरौटीमा छाड्ने आदेश दिएलगत्तै प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ। धरौटी बुझाएर निस्किनासाथ उनलाई अदालतको ढोकाबाट पुनः पक्राउ गरिएको हो। एउटा कसुरमा धरौटी बुझाएर छुटे पनि अर्को कसुरमा उनी थुनामै रहने छन्।

प्रसाईंलाई प्रधानमन्त्री ओलीविरुद्ध झुट अभिव्यक्ति दिएको आरोपसहित पक्राउ गरेर प्रहरीले अनुसन्धान गर्दै आएको थियो । प्रसाईंविरुद्ध साईबर अपराधमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

प्रसाईंमाथि नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरेको थियो।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस