विहान झुल्कने घामभन्दा पहिले राजकुमार श्रेष्ठको पाईला खेतको गरा र सेता टनेलाको छहारिमा पुगिसक्छन् । कृषि नै पृष्ठभूमी भएकाले श्रेष्ठको अरु काम प्रती कहिल्यै चासो नै गएन । बरु कृषिमा नै नयाँ तौरतरिका खोजगरी यसैमा समय व्यतित गर्ने उहाँको अठोटले सफलता पायो । विद्यालयमा अध्ययन गर्दा पेशा व्यवसाय पुस्तकका केही पन्न कृषि पेशाको बारेमा लेखिएको थियो । त्यसबेलादेखी नै श्रेष्ठले कृषिमा नै नयाँ तौरतरिक अपनाएर कृषि कर्ममा समर्पित हुने निर्णय लिनुभएको थियो । अहिले ठ्याक्कै १० भयो श्रेष्ठले व्यवसायिक तरकारी खेती गरेको । आईएको पढाई सक्किने बित्तिकै उहाँले खेतीको सुरुवात गर्नुभएको थियो ।
पहिले दैनिकी गुजार्न मात्र कृषि गर्ने श्रेष्ठले अहिले धेरैलाई रोजगार दिनुभएको छ । टनेला र खुल्ला गरी ५० रोपनी जमिनमा उहाँको फार्म फैलिएको छ । व्यवासायिक खेती गर्दा जम्मा २ रोपनी जग्गाबाट सुरु गर्नुभएको थियो । परिवारका सदस्यले मात्र काम गर्दा काम ठिक्क हुन्थ्यो । अहिले दैनिक ८÷१० जना कामदार उहाँको उहाँको खेतमा टुट्दैनन् । सिजनको समयमा यो संख्या बृद्धी हुन्छ । टाढैबाट आकर्षक देखिने लटरम्म फलेका राता गोलभेडा, हरिया काक्रो, खुसार्नी, काउली, बन्दा, ब्रो काउली लगायतका तरकारी उहाँको खेतबारी छ ।
श्रेष्ठकोमा अहिले एक सय १५ वटा टनेला छन् । टनेलामा काक्रो र गोलभेडा रोपिएको छ भने, खुल्लामा अरु तरकारी लगाइएको छ । धान, कमै, आलु लगायतका खाद्य बाली पनि उहाँकोमा लगाउने गरिएको छ । बर्षातको समयमा टनेलामा खेती गर्न सहज हुने भएकाले टनेला आफ्नो पहिलो रोजाई भएको उहाँ बताउनुहुन्छ । सिजन नभएको बेला पनि उत्पादन गर्न सकिने भएकाले टनेला खेती गर्न सुरुवात गरेको श्रेष्ठ बताउनुहुन्छ । खुल्लामा पनि खेती गरिरहेकाले झन सहज भैरहेको उहाँको भनाई छ ।
कृषि ज्ञान केन्द्र धुलिखेलबाट श्रेष्ठले टनेलाको लागि केही सहयोग पनि पाउनुभएको छ । यसले आफुलाई काममा थप प्रेरणा र हौसला पुगेको उहाँको भनाई छ । बेलाबेला उहाँहरुकै टोली आएर प्रविधिक सल्लाह सुझाब पनि दिने गरेको उहाँ बताउनुहुन्छ । आलु सुपर जोनबाट पनि सहयोग भइरहेको उहाँको भनाई छ । यान्त्रिकरण गर्दै आगामी दिनमा खेती गर्ने उहाँको तयारी छ । आधुनिक तौर तरिका अपनाएर खेती गरियो भने उत्पादन बढाउन सकियो उहाँको आँकलन छ ।
उत्पादन भएका तरकारी स्थानीय बजारसँगै काठमाडौँका विभिन्न ठाउँमा जानेगरेको छ । आफुले नै बजार खोज्दै हिड्नु नपरेकालाले आफुलाई थप सहज भएको उहाँ बताउनुहुन्छ । बजार मूल्य पनि स्थिर भयो भने आफुलाइ झन सहज हुने उहाँको भनाई छ । श्रेष्ठका २ छोरा छन् । एक जना फार्मेसी र एक जना आईटी पढिरहेका छन् । छोराहरुलाई कृषि नै गरेर यहाँसम्म ल्याउन सकेकोमा आफु निकै सन्तृष्ट रहेको उहाँ बताउनुहुन्छ । कुनै तरकारीमा लगानी गर्दा भएको आम्दानीमा आधा खर्च कटाएर आधा चाहीँ नाफा बस्ने उहाँको अनुभव छ । उमेरले ५५ लागिसकेकोले अब बाँकीको उमेर तरकारी खेतीमा नै व्यथित गर्ने उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय तरकारी खेती श्रेष्ठलाई निकै फापेको छ । तरकारी खेतीमा लागेपछी अरुनै काम गर्नु भन्ने मनस्थिती कहिल्यै बनेन । बरु यसैमा आफ्नो लगानशिलता र मिहेनत कायम राख्नुभयो । तरपनि कहिलेकाही, बेलाबखत उतारचढाब आउने बजारभाउ, रोगकिरा, मल र बीउ नपाउने समस्याले भने हतोत्साहित गराउने उहाँको भनाई छ । यी सबै कुरामा राज्यले ध्यान दियो भने निकै सहज हुने उहाँ बताउनुहुन्छ । ‘यदी यस्ता कुरामा सुधार आयो भने किसानको लागि धर्ति नै स्वर्ग हुन्छ,’ श्रेष्ठ भन्नुहुन्छ ।
दुई रोपनीबाट सुरु भएको खेतिले आज ठूला बिग्रहाल खेतिमा परिणत भएको छ—यो उहाँ श्रेष्ठको कठिन मिहिनेत, अनुभव र परिवारको साथ को प्रमाण हो । उहाँको योजना हरेक वर्ष फार्मको दायरा विस्तार गर्दै लगानी बृहत गराउने र व्यवसायलाई अझ व्यापक बनाउन रहेको छ । श्रेष्ठलाई आफ्नो सानो खेतिलाई ठूलो व्यवसायमा रुपान्तरण गर्ने दृढ योजना बनाउनुभएको छ । ‘लगानी बढाउँदै व्यवसालाई वृहत बनाउँदै जाने मेरो लक्ष्य हो । यसको लागि हरेक वर्ष फार्मको दायरा विस्तार गर्दै लगिरहेको छु ।’ श्रेष्ठले भन्नुभयो । यस योजनाले कृषिमा दीगो विकास र बजारसम्म पहुँचको सुनिश्चितता दिने र विस्तारको क्रममा नयाँ प्रविधि, आधुनिक उपकरण र वैज्ञानिक खेती अपनाउने रणनीति उहाँको छ ।
श्रेष्ठको परिश्रममा पारिवारिक सहयोगले महत्वपूर्ण भूमिका खेलेको छ । परिवारबाट मनोबल र आर्थिक सहयोग पाएपछि काममा सहजता बढेको उहाँ बताउनुहुन्छ । यस्तो सहयोगले संकटका बेला निराश नहुने, आत्मविश्वास कायम राख्ने क्षमता बढाउँने कुरामा श्रेष्ठको विश्वास छ । ‘काममा सबैभन्दा ठूलो कुरा अनुभव रहेछ । जुन काममा पनि आफ्नो अनुभव राम्रो छ भने त्यो काममा सफलता पाउन सकिन्छ ।’ श्रेष्ठ भन्नुहुन्छ ।
त्यसैले उहाँले सानो खेतिमा जति सिकिन्छ, त्यसलाई विस्तार र व्यवस्थित बनाउँदै विशेष दक्षता हासिल गर्न सफल हुनुभएको छ । शुरुमा जम्मा दुई रोपनी भू–क्षेत्रमा खेती गरिएको थियो । शुरुका दिनहरूमा नै उहाँले निकै मिहिनेत, लगन र अध्ययन खर्च गर्नुभयो । उर्वर माटो, सिंचाइ प्रणाली र उत्पादन–बजार सञ्जाल संस्कारबाट बिस्तारै “बिग्रहाल” खेतिले नयाँ उचाइ छोयो । फलतः, अहिले उत्पादनको गुणस्तर, मात्रा र बजार पहुँचमा राम्रो प्रगति भएको छ । श्रेष्ठ यस परिवर्तनमा अत्यन्तै सन्तुष्ट हुन्नुहुन्छ । ‘मैले पनि जम्मा २ रोपनीबाट गरेको खेतिले अहिले बिग्रहाल रूप लिन सफल भएको छ । यसमा म निकै सन्तुष्ट छु ।’ उहाँ भन्नुहुन्छ ।
उहाँको यस्तो आत्म–सन्तुष्टि धैर्य, कार्य–प्रतिबद्धता र नवप्रवर्तनशील दृष्टिकोणको स्पष्ट संकेत हो । श्रेष्ठ भन्नुहुन्छ, ‘सानोबाट सुरु गरियो, तर बाक्लो र दीगो योजना लिएर । परिवारको साथः आर्थिक र मानसिक समर्थनले कठिनाइमा साथ दिन्छ । अनुभवले नै दीगो सफलता दिलाउँछ । प्रविधि र अनुसन्धानः सजिलो, तर आधुनिक तरिकाले खेती बढाउने मेरो लक्ष छ । सफलता पाउँदा आत्म–प्रसन्नता र प्रेरणा मिल्दो रहेछ । श्रेष्ठको यो कथा कृषि क्षेत्रमा मात्र होइन, कुनै पनि व्यवसायमा सकारात्मक दृष्टिकोण, लगनशीलता, अनुभव र परिवारको साथ को बलिहारी हो । उहाँले देखाएका यी मूल्यहरू र रणनीतिहरूले अरू किसान, युवा उद्यमी र व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।